काठमाडौं । नयाँ अध्यादेश अनुसार बालुवाटारमा संवैधानिक परिषदको बैठक सुरु भएको छ । बैठकमा प्रधानमन्त्री ओली, प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर राणा र राष्ट्रियसभाका अध्यक्ष गणेश तिमिल्सिना सहभागी छन् ।
परिषदमा हाल बहाल रहेका अन्य सदस्य सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा भने अनुपस्थित छन् ।
सरकारले मंगलबार नै ल्याएको संवैधानिक परिषदसम्बन्धी अध्यादेशअनुसार प्रधानमन्त्रीसहित ३ जना सदस्य उपस्थित भएमा परिषदको बैठकका लागि गणपूरक संख्या पुगेको मानिनेछ ।