काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संबैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गर्नुभएको छ ।
मन्त्री परिषदको सिफारिसमा नेपालको संविधानको धारा ११४ को उपधारा १ बमोजिम यो अध्यादेश जारी भएको राष्ट्रपतिको कार्यालयबाट प्रकाशित विज्ञप्तिमा उल्लेख छ ।
संबैधानिक परिषद (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ( पहिलो संशोधन) अध्यादेश, २०७७ ले अब संबैधानिक परिषदमा हाल कायम रहेका सदस्यहरुको बहुमतले निर्णय गर्न सक्ने व्यवस्था गरेको छ ।
अध्यादेश जारी भएपछि संवैधानिक परिषदका बहुमत सदस्य उपस्थित भएमा बैठक बस्न सक्नेछ । परिषदका सदस्यमध्ये हाल उपसभामुख पद रिक्त छ ।