काठमाडौं । संवैधानिक परिषदको बैठक मंगलबार बस्दैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले मंगलबार बिहान ९ बजेका लागि संवैधानिक परिषदको बैठक बोलाउनुभएको हो ।
यसअघि आइतबारका लागि बोलाइएको बैठक प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा र सभामुख अग्नि सापकोटा अनुपस्थित हुने भएपछि स्थगित भएको थियो ।
आजको बैठकमा विपक्षी दलका नेता देउवा सहभागी हुने उनका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग लगायत संवैधानिक निकायमा विभिन्न पद खाली छन् । बैठकमा ती पदमा नियुक्ति हुने बताइएको छ ।