Aafno Khabar

नेपालीकी श्रीमती भगाएर लैजाने भारतीय पक्राउ

  • आफ्नो खबर
  • December 14, 2020 प्रकाशित

कन्चनपुर । बेलौरी नगरपालिका–६ हात्तीबोझाका विमल रानाकी २० वर्षीया श्रीमती कञ्चन रानालाई भगाएर लैजाने भारतीय नागरिकलाई सशस्त्र प्रहरीले आइतबार पक्राउ गरेको छ । भारतको पिलिभित पुरनपुर बस्ने २२ वर्षका हजिम खानलाई सीमामा पक्राउ गरेको हो।

बेलौरी नगरपालिका–६ नयाँ गाउँस्थित मुख्य सीमास्तम्भ नम्बर ७७६ नजिकबाट भाग्दै गरेका बेला नियन्त्रणमा लिइएको सशस्त्र प्रहरी बल नेपाल नं ३५ गण हेडक्वार्टर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले बताउनुभयो ।

भारतीय नागरिक खानलाई भारतीय एसएसवी जिम्मा लगाइएको छ भने भारतीयसँग भागेर जाने महिलालाई इलाका प्रहरी कार्यालय बेलौरीमा बुझाइएको छ ।

सम्बन्धित शीर्षकहरु