Aafno Khabar

जि-मेल, युट्युबमा आएको समस्या समाधान

  • एजेन्सी
  • २०७७ मंसिर २९ गते प्रकाशित

काठमाडौं । गुगलमा आएको समस्या समाधान भएको छ । जि-मेल, ड्राइभ, म्याप्स र युट्युब सुविधाहरू सोमबार साँझ विश्वभर डाउन भएका थिए । नेपाली समयअनुसार साँझ करीब ५ बजेदेखि विश्वभर गुगलका ती सर्भिसहरू डाउन भएका थिए ।

तर, त्यसको २ घण्टा नबित्दै गुगलले समस्या समाधान गरेको छ । प्रयोगकर्ताले जि-मेल खोल्दा इरर देखाएको थियो । युट्युबमा पनि समस्या आएको थियो ।