Aafno Khabar

ओली सरकारका कारण राजा आऊ, देश बचाऊ भन्न थाले : देउवा

  • आफ्नो खबर
  • December 14, 2020 प्रकाशित

मकवानपुर । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशमा कम्युनिष्ट सरकारले एकलौटी शासन लाद्ने प्रयास गरिरहेको आरोप लगाउनुभएको छ ।

सरकारविरुद्ध कांग्रेसले आयोजना गरेको विरोधसभालाई मकवानपुरको हेटौँडामा सम्बोधन गर्दै सभापति देउवाले प्रधानमन्त्री ओलीले सर्वसत्तावाद लाद्न खोजिरहेको आरोप लगाउनुभएको हो ।

देउवाले सकडमा राजा आऊ देश बचाऊका स्वर सुनिनुमा ओली मुख्य कारण रहेको पनि बताउनुभयो । उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री ओलीकै कारण राजा आऊ देश बचाऊ भन्न थालिएको छ सडकमा।’

तर रातजन्त्र फर्काउने सपना नदेख्न पनि उहाँले आग्रह गर्नुभयो ।

‘सरकारले जनताको काम गर्न सकेको छैन । सर्वसत्तावाद कसरी लाद्ने, भ्रष्टाचार कसरी गर्ने भन्नेमा मात्रै सरकारको ध्यान छ’ उहाँले आरोप लगाउनुभयो । देउवाले कोरोना महामारीका बेला कांग्रेस सडकमा आउनु बाध्यता भएको पनि बताउनुभयो । यसका लागि उहाँले जनतासँग माफी पनि माग्नुभएको छ ।