Aafno Khabar

रक्सी किन्न ५० रुपैयाँ नदिदा एक महिलाको मृत्यु

  • आफ्नो खबर
  • December 13, 2020 प्रकाशित

रुपन्देही । मदिरा किन्न ५० रुपैयाँ माग्दा नदिएपछि उत्पन्न विवादमा कपिलवस्तुमा एक महिलाको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–५ मा डेरा गरी बस्ने ५९ की सुशिला खड्काको शनिबार राति हत्या भएको हो ।

सँगै बसेर मदिरा खाएका भदा नाता पर्ने २३ वर्षीय तोरणबहादुर खड्काले सुशिलालाई ईंट्टा र सिलौटोले टाउकोमा प्रहार गर्दा निजको मृत्यु भएको कपिलवस्तु प्रहरीले जनाएको छ ।