Aafno Khabar

शोक प्रस्ताव पारित गरेर सकियो नेकपा स्थायी कमिटी बैठक, अर्को बैठक पुस १ गते

  • आफ्नो खबर
  • December 13, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक केही समय बसेर सकिएको छ ।

नेकपा नेता तथा पूर्व सांसद कमानसिंह लामाको निधनमा शोक प्रस्ताव पारित गरी आजको नेकपा बैठक स्थगित गरिएको हो । बैठक आगामी पुस १ गतेसम्मका लागि स्थगित गरिएको हो ।

आजको बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली पनि सहभागी हुनुभएको थियो । ओली सहभागी हुने भएपछि आजको बैठक धुम्बाराहीबाट बालुवाटार सारिएको थियो । अर्को बैठकदेखि मात्र ओली र प्रचण्डको प्रस्तावमाथि छलफल हुने बताइएको छ ।