Aafno Khabar

शनिबार काठमाडौंका विभिन्‍न स्थानमा बिजुली काटिने

  • आफ्नो खबर
  • २०७७ मंसिर २७ गते ०८:०८ प्रकाशित

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले शनिबार राजधानी काठमाडौंका विभिन्न स्थानमा विद्युत कटौती गर्ने भएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर सबस्टेशनमा आवश्यक मर्मत गर्नु पर्ने भएकाले शनिबार मध्याह्न १२ बजेदेखि २ बजेसम्म विद्युत कटौती हुनेछ । यो सबस्टेशनबाट बिस्तारित धोबिखोला, बागमती, कोटेश्वर, बानेश्वर, पूरानो एयरपोर्ट, लुभूलगायतका स्थानमा विद्युत कटौती हुने भएको छ ।

प्राधिकरणले विद्युत कटौती हुँदा पर्ने असुविधाप्रति उपभोक्तामा क्षमा माग्दै निर्धारित कार्य समय अगावै सकिएको खण्डमा विद्युत प्रवाहसमेत हुनसक्ने जनाएको छ ।