Aafno Khabar

सर्वदलिय बैठक बिचमै छोडेर किन हिडे देउवा ?

  • आफ्नो खबर
  • December 8, 2020 प्रकाशित

काठमाडौं । कांग्रेश सभापति शेरबहादुर देउवा प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठक बीचमै छोडेर निस्कनुभएको छ ।

बालुवाटारमा भएको बैठकमा आफ्ना कुरा राखेर देउवा बैठकबाट बाहिरिएको देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिनुभयो ।

बैठकमा कांग्रेसबाट सहभागि वरिष्ठ नेता रामचन्द्र पौडेलसहित अन्य नेताहरु रहेको उहाँले बताउनुभयो । देउवा आन्तरिक कामका कारण बैठकबाट छिटो बाहिरिएको उहाँले बताउनुभयो ।