काठमाडौं । केन्द्रीय तथ्यांक विभागले सोमबार सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण अनुसार नेपालमा महिलाभन्दा पुरुष बढी खुसी रहेको एक देखिएको छ । विभागले सार्वजनिक गरेको नेपाल बहुसूचक सर्वेक्षण (२०७५–७६) अनुसार १५–२४ वर्ष र १५–४९ वर्ष उमेर समूहमा महिलाभन्दा पुरुष बढी खुसी पाइएको हो ।
अध्ययनअनुसार १५–२४ वर्ष उमेर समूहका युवतीहरु ६८ प्रतिशत र युवाहरु ६९.६ प्रतिशतले ज्यादै वा केही हदसम्म खुसी व्यक्त गरेका छन् । यस्तै १५–४९ वर्ष उमेर समूहका महिलाहरु ६२.४ प्रतिशत तथा पुरुष ६४.७ प्रतिशतले ज्यादै वा केही हदसम्म खुसी व्यक्त गरेका छन् ।
यस्तै १५–२४ वर्ष उमेर समूहका ५०.१ प्रतिशत युवती तथा ५६.४ प्रतिशत युवाले गत वर्षभन्दा आगामी वर्षमा अझ राम्रो जीवनस्तर सुधार हुने अपेक्षा व्यक्त गरेको पाइएको छ । १५–४९ वर्ष उमेर समूहमा ४५.४ प्रतिशत महिला तथा ५२.५ प्रतिशत पुरुषले अझ राम्रो जीवनस्तरमा सुधार हुने अपेक्षा व्यक्त गरेका छन् ।
सर्वेक्षणमा मदिरा तथा सूर्तिजन्य पदार्थ सेवनबारे समेत अध्ययन गरिएको थियो । जसमा महिलाको तुलनामा पुरुषले मदिरा र सुर्तिजन्य पदार्थ बढी सेवन गर्ने गरेको पाइएको छ ।
१५–४९ वर्ष उमेर समूहमा ९.१ प्रतिशत महिला र ४०.६ प्रतिशत पुरुषले ले कम्तीमा महिनामा एक पटक दिनमा मदिराजन्य पदार्थ सेवन गर्ने गरेको पाइएको छ । यही उमेर समूहका ७.९ प्रतिशत पुरुष र ५.१ प्रतिशत महिलाले १५ वर्षअगाडि नै पहिलो पटक मदिराजन्य पदार्थ सेवन बताएका छन् ।
विभागको सवेक्षण रिर्पोट हेर्नुहोस्