Aafno Khabar

श्वेताले भनीन् आँशु मात्र हेर्न चाहनेलाई मेरो बिहेको निर्णय स्विकार होला?

  • आफ्नो खबर
  • December 6, 2020 प्रकाशित

काठमाडौं । अभिनेत्री श्वेता खड्काले आफु जीवनको नयाँ यात्रामा प्रवेश गर्न लागेको बताएकी छन् । श्वेता मंसिर २२ गते सोमबार बिवाह बन्धनमा बाधिन लागेकी हुन् ।

‘म जीवनको दु :खद अध्याय बन्द गरेर खुसीको अध्याय सुरू गर्ने निर्णयमा पुगेकी छु,’ बिहेको पूर्वसन्ध्यामा, सामाजिक सञ्जाल फेसबुकमार्फत स्वेताले भनिन, ‘त्यसो भन्दैमा मैले मेरो अतीतलाई चटक्कै भुल्छु भनेको भने पक्कै होइन।

अतीतका मीठा पलहरूलाई मनको कुनामा पोको पारी भविष्य सजाउने नवीन यात्रा थालनी गर्ने यो निर्णय लिनु म एक्लैका लागि सहज र सम्भव छँदै थिएन।’ श्वेताले धनगढीका विजयेन्द्र सिहं रावतसँग बिवाह गर्न लागेकी छन् ।