काठमाडौं । प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली बिना नै सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक सुरु भएको छ ।
निर्धारित समय भन्दा आधी घण्टा भन्दा धेरै ओलीलाई पर्खिए पनि उहाँ नआएपछि पार्टी कार्यालय धुम्बाराहीमा नेकपा स्थायी कमिटि बैठक सुरु भएको हो ।
बैठकमा ओली बाहेक स्थायी कमिटिका ४३ सदस्य सहभागी छन् ।
यसअघि शनिबार बसेको सचिवालय बैठकमा पनि एजेन्डाबिनाको बैठकमा आफू उपस्थित नहुने उहाँको भनाइ थियो । उहाँले केही दिन छलफल गरेर मात्रै बैठक अघि बढाउनुपर्ने अडान लिनुभएको थियो ।