फाइल तस्बिर ।
काठमाडौं । शनिबार बसेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले आइतबार स्थायी कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।
प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको सचिवालय बैठकले आइतबार दिउँसो १ बजे पार्टी कार्यालय धुम्बाराहीमा स्थायी कमिटीको बैठक बस्ने निर्णय गरेको हो । आइतबारको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डका पत्र र लिखित प्रस्तावहरु प्रस्तुत हुने कार्यसूची छ ।
शनिबार भएको सचिवालय बैठकमा भने नेकपाका नेताहरु आरोप प्रत्यारोपमा उत्रिएका थिए ।
ओली पक्षीय नेताहरुले दुबै अध्यक्षको प्रतिवेदनलाई मिलाएर साझा प्रस्ताव तयार पार्ने र त्यो काम सचिवालयमै कार्यदल गठन गरेर गर्ने प्रस्ताव गरेका थिए ।
तर अन्य सदस्यहरु सो प्रस्तावमा सहमत नभएपछि प्रधानमन्त्री तथा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकलौटी तरिकाले अगाडी बढ्न चुनौती दिनुभएको थियो । अध्यक्ष ओलीले प्रचण्डको प्रस्तावलाई स्थायी कमिटीमा लैजान नसकिने अडान राख्नुभएको छ ।
प्रधानमन्त्री ओलीले यही प्रस्तावमा छलफल हुँदा आफूले अध्यक्ष र प्रधानमन्त्री दुबै पद नछाड्ने बताउनुभएको छ ।