Aafno Khabar

दुई श्रीमती हुँदाहुँदै तेस्रो विवाहको आरोपमा वडाध्यक्ष पक्राउ

  • आफ्नो खबर
  • December 4, 2020 प्रकाशित

सल्यान । सल्यानमा बहुविवाहको आरोपमा एक जना वडाध्यक्ष पक्राउ परेका छन् । वनगाड कुपिण्डे नगरपालिका-९ का वडाध्यक्ष इन्द्रबहादुर कुमाइ रहेका छन् । वडाध्यक्ष कुमाइलाई शुक्रबार बेलुका जयतपानी बजारबाट प्रहरीले नियन्त्रणमा लिएको हो ।

वडाध्यक्षसहित उनकी कान्छी श्रीमती ग्वाँमी विष्ट कुमाइ पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

घरमा २ जना श्रीमती र दुवै श्रीमतीतर्फ ४ जना छोराछोरी हुँदाहुँदै तेस्रो श्रीमती बिहे गरेको आरोपमा स्थानीय ५ जनाले उनीविरुद्ध बहुविवाह गरेको आरोपमा उजुरी दिएका थिए ।

सोही उजुरीका आधारमा अदालत सल्यानबाट अनुमति लिएर आरोपित दुवैजनालाई नियन्त्रणमा लिएको प्रहरीकाे भनाइ छ ।