काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद चर्किदै गएको बेला प्रचण्ड–नेपाल पक्षका विद्यार्थी थापाथलीमा भेला भएका छन् ।
कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका विद्यार्थीको भेला शुक्रबार दिउँसो थापाथलीमा भएको हो ।
भेलामा प्रचण्ड र नेपाल निकट अनेरास्ववियुका नेताहरु रञ्जित तामाङ, सुदेश पराजुली, ओसिम आलम लगायतको सहभागिता रहेको छ । भेलालाई नेकपा स्थायी कमिटी सदस्यहरु अष्टलक्ष्मी शाक्य, पम्फा भुसाल, केन्द्रीय सदस्य लेखनाथ न्यौपाने र रामकुमार झाँक्रीले सम्बोधन गर्दैछन् ।
नेकपाको विवाद चर्किदै गएको बेला प्रचण्ड–नेपाल पक्षका विद्यार्थीको भेलालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।