Aafno Khabar

नेकपाको सचिवालय बैठक मङ्सिर २० गतेसम्मका लागि स्थगित

  • आफ्नो खबर
  • December 2, 2020 प्रकाशित

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक मङ्सिर २० गतेसम्मका लागि स्थगन भएको छ ।

सचिवालय बैठक लम्बिएसँगै मङ्सिर १८ गतेका लागि निर्धारित स्थायी कमिटी बैठक मङ्सिर २१ गतेसम्मका लागि सरेको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर बसेर बैठक स्थगन भएको नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो ।

आजको बैठकमा अध्यक्ष ओली अनुपस्थित हुनुहुन्थ्यो ।