Aafno Khabar

नाबालकलाई यौनजन्य क्रियाकलाप गराएको आरोपमा फ्रान्सेली नागरिक पक्राउ

  • आफ्नो खबर
  • December 1, 2020 प्रकाशित

काठमाडौं । बाल यौन दूराचारको आरोपमा एक फ्रान्सेली नागरिक पोखराबाट पक्राउ परेका छन् ।

हिजो पोखराको बरौता पावर हाउस फुर्सेखोला बगर किनारबाट ६० वर्षका क्रिष्टियन सर्ज हेनरी नौगारेटलाई पक्राउ गरेको प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले जनाएको छ ।

उनले ७ वर्ष, ८ वर्ष र १२ वर्षका ३ नाबालकलाई बाल यौन दूराचार गरिरहेको अवस्थामा फेला पारेको सीआईबीले जनाएको छ। यौन दुराचारमा परेका नाबालकलाई भने अभिभावकको जिम्मा लगाएको छ । ती फ्रान्सेली नागरिक गैर पर्यटकीय भिसामा नेपाल आएको पाइएको छ ।

उनलाई बालयौन दुरुपयोग तथा आप्राकृतिक मैथुन गरेको कसूरमा आवश्यक अनुसन्धान गरी कारवाही प्रकृया अगाडी बढाउने प्रयोजनार्थ आजै निजलाई जिल्ला प्रहरी कार्यालय कास्की, पोखरामा बुझाईएको सीआईबीले जनाएको छ ।

यौन दुरुपयोग शोषण कार्यमा संलग्न रहेको भन्ने सूचना जानकारीका आधारमा विशेष सूचना आधारमा उनलाई प्रक्राउ गरिएको हो ।