Aafno Khabar

सुनको भाउ ५ सय बढ्यो

  • आफ्नो खबर
  • November 8, 2020 प्रकाशित

काठमाडौं । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाउ तोलामा ५ सय रुपैयाँ बढेको छ ।

पाँच सय रुपैयाँ बढेको सुनको भाउ आइतबार तोलामा ९७ हजार ७ सय रुपैयाँ तोकिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

चाँदीको भाउ पनि आइतबार तोलामा एकैदिन २० रुपैयाँ बढेर तोलाको १२ सय ७५ रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।