Aafno Khabar

कांग्रेसका सबै सांसदले दशैं भत्ता फिर्ता गर्ने

  • आफ्नो खबर
  • October 19, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दशैं भत्ता फिर्ता गर्न आफ्नो पार्टीका सांसदहरुलाई निर्देशन दिनुभएको छ ।

कांग्रेस संसदीय दलका नेतासमेत रहेनुभएका देउवाले संसद सचिवालयले दशैंभत्ता भनेर सांसदहरुको बैंक खातामा पठाइदिएको रकम फिर्ता गर्न निर्देशन दिनुभएको हो ।