काठमाडौं । काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७४६ जना कोरोना संक्रमित थपिएका छन् । जसमध्ये काठमाडौंका १४५१ जना, ललितपुरका १५२ र भक्तपुरका १४३ जना छन् ।
नेपालमा पछिल्लो समय ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
देशैभरका प्रयोगशालामा गरिएको १५ हजार ४३८ नमुना परीक्षणमा ३१६७ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।