Aafno Khabar
suvakamana add

नेपालमा कुल कोरोना संक्रमितको सङ्ख्या १ लाख २९ हजार ३०४

  • आफ्नो खबर
  • २०७७ कार्तिक १ गते प्रकाशित

काठमाडौं । नेपालमा पछिल्लो समय ३१६७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

देशैभरका प्रयोगशालामा गरिएको १५ हजार ४३८ नमुना परीक्षणमा ३१६७ जनामा संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख २९ हजार ३०४ पुगेको छ, जसमध्ये ७२७ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।