काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
मन्त्री पोखरेललाई कोरोना संक्रमण पुष्टि भएको उहाँका प्रेस संयोजक सुनिल खड्काले जानकारी दिनुभयो । शनिबार स्वास्थ्यमा समस्या आएपछि उहाँ पाटन अस्पतालमा भर्ना हुनुभएकाे थियो ।
पीसीआर जाँच गर्दा कोरोना संक्रमण देखिएको हो । हाल उहाँको अवस्था सामान्य रहेको बताइएकाे छ ।
यसअघि शनिबार पर्यटनमन्त्री योगेश भट्टराई कोरोना संक्रमित हुनुभएकाे थियो ।