Aafno Khabar

भारतमा ७० लाखभन्दा बढी काेराेना संक्रमित

  • आफ्नो खबर
  • October 11, 2020 प्रकाशित

काठमाडौं । भारतमा थप ७४ हजारमा कोरोना संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा ७४ हजार ५३५ जनामा संक्रमण देखिएपछि भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ ।

संक्रमितमध्ये अहिलेसम्म ६० लाख ७४ हजार ८६३ जना संक्रमणमुक्त भएका छन् भने ८ लाख ६८ हजार ३०९ जनाको उपचाररत छन् ।

भारतमा कोरोनाले मृत्यु हुनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ । पछिल्लो २४ घण्टामा त्यहाँ थप ९२१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ ।