Aafno Khabar

खुल्यो डीभी, यसरी भर्न सकिने

  • आफ्नो खबर
  • October 8, 2020 प्रकाशित

काठमाडाैं । सन् २०२२ को डाइभर्सिटी भिसा डिभी खुलेकाे छ ।

बुधबार रातिदेखि खुलेकाे डीभीकाे समयसीमा २०७७ कार्तिक २५ (नाेभेम्बर १०) सम्म ताेकिएकाे नेपालमा रहेको अमेरिकी दूतावासले जनाएको छ । ।

डीभीको आवेदन खुले पछि निःशुल्क आफैँले भर्न सकिन्छ । आवेदनका लागि आवश्यक सम्पूर्ण जानकारी दूतावासको वेबसाइटमा गएर हेर्न सकिने छ ।

फाराम भर्नका लागि आधिकारिक वेबसाइट http://www.dvlottery.state.gov मा गएर निर्देशनअनुसार प्रक्रिया पूरा गर्नुपर्नेछ ।