काठमाडौं । प्रदेश नम्बर पाँचले आफ्नो प्रदेशको नाम र स्थायी राजधानी टुंगो लगाएको छ ।
प्रदेश पाँचले आफ्नो नाम लुम्बिनी र स्थायी राजधानी दाङको भालुवाङ निर्धारण गरेको छ । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलबहादुर केसीले प्रदेशको नाम र राजधानीबारे पेश गरेको प्रस्ताव २ तिहाइ मतले पारित भएको हो ।
प्रदेशसभामा मंगलबार भएको मतदानमा कुल ८२ मतमध्ये ६९ मत दाङको भालुवाङ राजधानी बनाउने पक्षमा खसेको थियो । त्यसको विपक्षमा १३ जनाले मत हालेका थिए ।
८७ सांसद रहेका लुम्बिनी प्रदेशमा मतदानका क्रममा पाँच सांसद अनुपस्थित थिए । लुम्बिनी नाम राख्ने पक्षमा कुल ८३ मध्ये ७९ खसेको थियो । विपक्षमा भने ४ मत खसेको थियो ।