Aafno Khabar

प्रदेश ५ को राजधानी र नामाकरण प्रस्तावमा मंगलबार मतदान

  • आफ्नो खबर
  • October 6, 2020 प्रकाशित

काठमाडाैं । प्रदेश ५ को स्थायी राजधानी र नामाकरण प्रस्तावमा मंगलबार मतदान हुँदैछ ।

मतदान गर्न मध्याह्न १२ बजे प्रदेश सभा बैठक डाकिएको छ । शुक्रबार प्रदेश सभामा पेस भएको नाम लुम्बिनी र स्थायी राजधानी दाङको देउखुरी क्षेत्र हुने भन्ने प्रस्तावमाथिको छलफल विवादबीच सोमबार सकिएको थियो ।

मंगलबार मध्यान्ह १२ बजे बस्ने बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री कुल प्रसाद केसी ‘सोनाम’ले पेश गरेको प्रदेश ५ को नाम र स्थायी राजधानीको प्रस्तावमा मतदान हुने सभामुख पूर्ण बहादुर घर्तीले बताउनुभयो । उहाँका अनुसार मतदानका लागि सबै तयारी पूरा भएको छ ।

प्रस्ताव पारित भए राजधानीको नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ रहनेछ । प्रदेश ५ को प्रदेश सभामा ८७ जना सांसद रहेका छन् । जसमा नेकपाका मात्र ६१ जना छन् । तीमध्ये सभामुखबाहेक ६० सासदले मतदान गर्नेछन् ।