Aafno Khabar

तमन्ना भाटिया कोभिड १९ संक्रमित

  • एजेन्सी
  • October 5, 2020 प्रकाशित

दक्षिण भारतीय तथा बलिउड अभिनेत्री तमन्ना भाटिया कोभिड १९ संक्रमित भएकी छिन् ।

पछिल्ला दिनहरुमा लक्षण देखिएपछि हैदरावादको एक निजी अस्पतालमा परीक्षण गर्दा उनको रिपोर्ट पोजेटिभ आएको हो । उनी केही दिनदेखि वेब सिरिजका लागि हैदरावादमा थिइन् ।

संक्रमण पुष्टि भएपछि कलाकारहरु तथा फ्यानले तमन्नाको स्वास्थ्यलाभको कामना गरेका छन् । यसअघि अगस्टमा तमन्नाका आमा र बुवालाई पनि संक्रमण भएको थियो ।