Aafno Khabar

गोठमा घाँस हाल्न गएकी युवतीमाथी बलात्कार, त्रिशूलले घोचेर हत्या

  • आफ्नो खबर
  • October 2, 2020 प्रकाशित

काठमाडौं । बझाङकी १२ वर्षीया सम्झना विश्वकर्मालाई बलात्कारपछि त्रिशूलले रोपेर हत्या गरेको बलात्कारको आरोपमा पक्राउ परेका व्यक्तिले स्विकार गरेका छन् ।

बझाङको मस्टा गाउँपालिका–२ कि सम्झना विश्वकर्माको बलात्कारपछि हत्या गरेको आरोपमा प्रहरीले सोही गाउँपालिकाका राजेन्द्र बोहरालाई पक्राउ गरेको थियो ।

बुधबार साँझ करिब ४ बजे गोठमा गाईवस्तुलाई घाँस हाल्न घरबाट निस्किएकी सम्झना घर फर्किएकी थिइनन् । राति करिब ९ः१५ बजे आफन्तले बालिकाको शव भेटेपछि प्रहरीलाई खबर गरेका थिए ।

घटना भएको राति नै प्रहरीले बोहरालाई पक्राउ गरेको थियो । उनीमाथि जबरजस्ती करणी र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको छ । अनुसन्धान र छानबिनको क्रममा उनले बलात्कार र हत्या स्वीकार गरेको प्रहरीले जनाएको छ ।

बुधबार साँझ करिब ४ बजेदेखि ५ बजेको बिचमा बालिकामाथि बलात्कार भएको र घटना बाहिर आउने डरले हत्या गरिएको प्रहरीले जनाएको छ ।

हत्याको स्वीकार गरिसकेका बोहरा यसअघि पनि बिभिन्न आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रहरीको भनाइ छ ।

सम्बन्धित शीर्षकहरु