Aafno Khabar

वैरागी सरकारको मुख्य सचिव, युवराज खतिवडा अमेरिका र लाेकदर्शन रेग्मी बेलायतकाे राजदूत सिफारिस

  • आफ्नो खबर
  • October 1, 2020 प्रकाशित

काठमाडौं । सरकारले परराष्ट्र सचिव शंकरदास वैरागीलाई मुख्यसचिव नियुक्त गरेको छ ।

मुख्यसचिव लोकदर्शन रेग्मीले कार्यकाल सकिनुअघि दिएको राजीनामा स्वीकृत गरी मन्त्रिपरिषदको बैठकले वैरागीलाई मुख्यसचिव नियुक्त गरेको हो ।

बिहीबार बिहानको मन्त्रिपरिषद् बैठकले पूर्व अर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका र लोकदर्शन रेग्मीलाई बेलायतका लागि राजदूतमा सिफारिस गरेको छ ।