Aafno Khabar

बिहीबारदेखि सुपथ मूल्य पसल, यस्तो छ खाद्य वस्तुको मूल्य

  • आफ्नो खबर
  • September 30, 2020 प्रकाशित

काठमाडौं । सरकारले बिहीबारदेखि सुपथ मूल्य पसल खोल्ने भएको छ । दशैँ, तिहार र छठ पर्व लक्षित गरेर सुपथ मूल्य पसल खोल्न लागिएको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेशनका देशभर रहेका कार्यालय, डिपो र डिलर तथा घुम्ती सेवामार्फत सुपथ मूल्य पसल सुरु हुने उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ ।

अनलाइन अर्डरमार्फत पनि सुपथ मूल्य पसलका सामग्री खरिद गर्न सकिनेछ । सुपथ पसल छठ पर्वकाे भाेलिपल्टसम्म सञ्चालन हुने विज्ञप्तिमा भनिएकाे छ ।

सुपथ मूल्य पसलका सामग्री उपत्यकाका कालीमाटी, कोटेश्वर, टेकु, सिंहदरबार, सतुङ्गल, थापाथली, नख्खु, प्रयाग पोखरी, जावलाखेल र भक्तपुरसहित देशभरका ४९ ठाउँमा उपलब्ध हुने मन्त्रालयले जनाएको छ ।

यस्तो छ मूल्य र छुट रकम