नवलपरासी । पूर्व–पश्चिम राजमार्गको दाउन्ने खण्डको विभिन्न ठाउँमा गएको पहिरोका कारण दुम्कीवास–बर्दघाट सडकखण्डमा सवारी साधनको लामो जाम लागेको छ ।
१४ किलोमिटर छिचोल्न यात्त्रुले १८ घण्टासम्म कुर्नुपरेको छ ।राजमार्गमा खसेको पहिरो पन्छाएपनि साँघुरो सडकमा जथाभावी ओभरटेक गर्दा दाउन्नेमा लामो जाम लागेको हो । केही दिनदेखि लगातार परेको पानीले दाउन्नेको दर्जनौं स्थानमा पहिरो गएको छ ।