Aafno Khabar

ललितपुरका मेयर महर्जनलाई कोरोना संक्रमण

  • आफ्नो खबर
  • September 25, 2020 प्रकाशित

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनलाई कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

कोरोना सङ्क्रमण पुष्टि भएसँगै उहाँ होम आइसोलेशनमा बस्नुभएको छ । बिहीबार दिउँसो ज्वरो आएको र औषधि प्रयोग गर्दासमेत ज्वरो कम नभएपछि मेयर महर्जनले स्वाब परीक्षणका लागि नमुना दिनुभएको थियो । शुक्रबार उहाँको रिपोर्ट पोजेटिभ आएको हो ।