Aafno Khabar

कांग्रेसमा चुलिदै किचलो : सभापतिको कदमलाई चुनौती दिने पौडेल पक्षको तयारी

  • आफ्नो खबर
  • September 24, 2020 प्रकाशित

काठमाडौं । नेपाली कांग्रेसको १४ औंं महाधिवेशन आगामी फागुन ७ गतेदेखि १० गते सम्म गर्ने निर्णय भएपछि कांंग्रेस नेताहरु महाधिवेशनको आन्तरिक तयारीमा छन् ।

गुट र उपगुटमा रमाइ रहेको कांग्रेसमा महाधिवेशनको मिति तय भएसँँगै कतिपय नेताहरुले कार्यक्रता भेटघाट पनि शुरु गरे ।

महाधिवेशनको तयारीमा जुटने यो समयमा सभापति शेरबहादुर देउवाको व्यवहारबाट सधै रुष्ट भएको रामचन्द्र पौडेल समुह महाधिवेशन समयमा नै हुने कुरामा आश्वस्त हुन सकेको छैन् । पार्टीका हरेक निर्णयमा सभापति देउवाले एकलौटी गरेको आरोप लगाउने पौैडेल समूह पछिल्ला केही केन्द्रीय समिति बैठकमा पनि उपस्थित भएका छैनन् ।

महाधिवेशनको क्यालेण्डर, विभाग गठनलगायतका एजेन्डामा पनि पौडेल पक्ष देउवासँँग असन्तुष्ट छ । पौडेल नेतृत्वको असन्तुष्ट समूहमा महामन्त्री सशांक कोइराला र नेता कृष्णप्रसाद सिटौला पनि सँगै छन ।

देउवाका पछिल्ला क्रियाकलापबाट असन्तुष्ट रहेको यो समूह फागुनमा पार्टीको महाधिवेशन हुनेमा आश्वस्त हुन सकेको छैन् । देउवाले विभिन्न बहाना बनाएर महाधिवेशन सार्न खोजेको पौैडेल पक्षले आशंका गरेका छन् ।

त्यसैले पौडेल समूह जसरी पनि फागुनमा महाधिवेशन गराउन दबाव दिने पक्षमा देखिएको छ । फागुनमा पार्टीको महाधिवेशन नगरे कांग्रेस संवैधानिक संकटमा पर्ने पौडेल पक्षको दाबी छ । फागुनमा महाधिवेशन गर्न सम्भव नभए पार्टीलाई संबैधानिकक संकटबाट बचाउन अन्य बिकल्प खोज्नुपर्ने उनीहरुको तर्र्क छ ।

पार्टीलाई बैधानिक बनाउन फागुनमा जसरी पनि महाधिवेशन गर्ने यदी सम्भव नभए विशेष महाधिवेशन गरेर पनि पाार्टीको बैधानिकता बचाउनुपर्र्ने पौडेल पक्षको माग छ ।

पार्टीको महाधिवेशन र सभापतिका पछिल्ला गतिविधिका विषयमा छलफल गर्र्न पौडेल पक्षिय केन्द्रीय सदस्यहरुको बैठक असोज १५ गते बस्ने तयारी गरिरहेका छन् । पौडेल पक्षको बैठकले सभापतिको पछिल्लो कदमको विरुद्ध कसरी अगाडी बढने विषयमा छलफल गर्नेछ ।

पौडेल पक्षिय एक नेताका अनुसार बैठकले सभापतिले महाधिवेशन सार्ने प्रस्ताव ल्याएमा विशेष महाधिवेशनको प्रस्ताव केन्द्रीय समिति बैठकमा पेश गर्ने गरी छलफल हुनेछ