Aafno Khabar

गौतमलाई संवैधानिक जिम्मेवारी नदिन सर्वोच्चको आदेश, बन्द भयो मन्त्री बन्ने बाटो

  • आफ्नो खबर
  • September 23, 2020 प्रकाशित

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का उपाध्यक्ष बामदेव गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन सर्वोच्च अदालतले अन्तरिम आदेश जारी गरेको छ ।

हालै राष्ट्रियसभा सदस्य नियुक्त भएका गौतमलाई राष्ट्रियसभा सदस्य नबनाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले दायर गरेको रिटमाथि सुनुवाई गर्दै बुधबार न्यायाधीश डा.आनन्दमोहन भट्टराईको एकल इजलासले गौतमलाई कुनै संवैधानिक जिम्मेवारी नदिन अन्तरिम आदेश जारी गरेको हो ।

सर्वोच्चले गौतमलाई थप स‌ंवैधानिक दायित्व नलिन नदिन आदेश जारी गरेसँगै गौतम सरकारमा सहभागी हुने बाटो बन्द भएको छ।