काठमाडौं । त्रिभुवन विश्वविद्यालयमा बेथिती बढेको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ) ले सुधारको माग गरेको छ ।
कोरोना महामारीका कारण शैक्षिक क्षेत्रमा परेको असर र वैकल्पिक माध्यमको लागि त्रिवि गम्भीर नभएकाले शैक्षिक सत्र खल्बलिएको र विद्यार्थीहरुको मानसिकता कमजोर भएको भन्दै नेविसंघले सुधारका मागसहितको ज्ञापनपत्र बुझाएको छ ।
नेविसंघ त्रिभुवन विश्वविद्यालयका अध्यक्ष जगदिश भट्टको टोलीले आज त्रिविका पदाधिकारीलाई १५ बुँदे ज्ञापनपत्र बुझाँउदै रोकिएका सम्पूर्ण परीक्षाको स्वरुप र कार्यतालिका सार्वजनिक गर्न समेत माग गरेको छ ।