Aafno Khabar

कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या ४ सय ११ पुग्यो

  • आफ्नो खबर
  • September 20, 2020 प्रकाशित

फाइल तस्बिर ।

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण १० जनाको मृत्यु भएको छ । योसहित नेपालमा अहिलेसम्म ४ सय ११ जनामा कोरोना संक्रमण पछि मृत्यु भएको पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ९ हजार ५८४ जनाको पिसिआर परीक्षण भएको छ। हालसम्म ९ लाख १४ हजारको पिसिआर परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।