काठमाडौं । कोरोना भाइरस संक्रमणबाट नेपालमा थप ११ जनाको मृत्यु भएको छ ।
कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ४०१ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
शनिबार नेपालमा थप १२ सय ४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।
नेपालमा कोरोना संक्रमितको संख्या ६२ हजार ७ सय ९७ पुगेको छ । संक्रमितमध्ये ४५ हजार २६७ जना निको भएर घर फर्किएका छन् ।