Aafno Khabar

आन्तरिक उडान सोमबारबाट, सिट क्षमता अनुसार अनुमति

  • आफ्नो खबर
  • September 19, 2020 प्रकाशित

काठमाडौं । सिट क्षमता अनुसार नै उडान गर्न पाउने भएपछि सोमबारबाट आन्तरिक हवाई सेवा सञ्चालन हुने भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रिस्तरीय बैठकले क्षमता अनुसार नै हवाई सेवा सञ्चालन गर्न अनुमति दिएको हो ।

यसअघि मन्त्रिपरिषद्ले ५० प्रतिशत क्षमतामा उडान गर्न खुला गरेको थियो । तर, निजी वायु सेवा सञ्चालकहरूले ५० प्रतिशत क्षमतामा उडान गर्न नसक्ने भन्दै उडान सुरु गरेका छैनन् ।

मन्त्रालयले नागरिक उड्डयन प्राधिकरणलाई शुक्रबार पठाएको पत्रमा सिट क्षमता तोकेको छैन ।

व्यवसायीहरुले ५० प्रतिशत क्षमतामा सञ्चालन गर्न लागत पनि नउठ्ने भन्दै निर्णय सच्याउन माग गर्दै आएका थिए ।