काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर एक रुपैयाँ घटाएको छ । निगमले पेट्रोलको मूल्य भने यथावत राखेको छ । मूल्य बुधबार राति १२ बजेबाट लागू भएको छ ।
इण्डियन आयल कर्पोरेशनबाट आएको नयाँ मूल्य सूचीअनुसार समायोजन गरिएको निगमले जनाएको छ ।
नयाँ मूल्य सूचीअनुसार डिजेल र मट्टितेलको बिक्री मूल्य निगमको डिपो क्षेत्रको १५ किलोमिटर परिसरभित्र प्रतिलिटर ९० रुपैयाँ तोकिएको छ । हवाइ इन्धन तथा एलपी ग्यासको मूल्य भने यथावत राखेको छ ।