काठमाडौं । काठमाडौंमा बुधबार बिहान भूकम्पको धक्का महसुस भएको छ ।
काठमाडौं लगायतका आसपासका क्षेत्रमा भूकम्प गएको हो । बिहान ५ : २० मा धक्का महसुस गरिएको हो ।
बिहानीपख भूकम्प आउँदा मानिसहरू घरबाहिर निस्किएका थिए ।
भूकम्पबारे जानकारी दिने वेबसाइट इएमएससीमा भूकम्पको केन्द्रविन्दु काठमाडौंबाट ६३ किलोमिटर उत्तर पूर्वमा रहेको र यसको म्याग्निच्युड ५.५ रहेको उल्लेख गरिएकाे छ । यसबारे थप विवरण आउन बाँकी छ ।