भारतमा दिनप्रतिदिन काेराेना संक्रमितकाे संख्या बढीरहेकाे छ । बुधवार भारतमा थप ९५ हजार काेराेना संक्रमित पहिचान भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
अमेरिकामा एक दिनमा सबैभन्दा धेरै करिब ८० हजारसम्म काेराेना संक्रमित भेटिएका थिए । तर भारतले सबै रेकर्ड तोडिसकेको छ । भारतमा काेराेना भाइरस संक्रमित यही गतिमा बढे पहिलो स्थानमा रहेको अमेरिका दोस्रो स्थानमा पुग्नेछ ।
भारतमा अहिलेसम्म ४४ लाख ६० हजार भन्दा बढी काेराेना संक्रमित भइसेकेका छन् । भारतमा काेराेनाका कारण मृत्यु हुनेको संख्या ७५ हजार ६२ पुगेको छ । भारतमा बुधबार सबभन्दा बढी संक्रमित महाराष्ट्रमा भेटिएका थिए ।