काठमाडाैं । भारतमा पछिल्लो २४ घन्टामा ९० हजार बढी कोरोना भाइरसको संक्रमित थपिएका छन् ।
भारतीय सञ्चारमाध्यमहरूका अनुसार पछिल्लो २४ घन्टामा ९० हजार ६ सय ३३ संक्रमित थपिएका हुन् ।
भारतमा कोरोना संक्रमितको संख्या ४१ लाख १३ हजार ८ सय १२ पुगेको छ । तीमध्ये ८ लाख ६२ हजार ३ सय २० जना सक्रिय संक्रमित छन् भने ७० हजार ६ सय २६ जनाको मृत्यु भएको छ ।
शनिबार ९० हजार बढी संक्रमित थपिएपछि भारत कोरोना भाइरस संक्रमित बढी भएकाे देशकाे सूचीमा दोस्रो स्थानमा उक्लेको छ । यसअघि ब्राजिल दाेस्राे स्थानमा थियाे ।