लमजुङ । एकैदिन तीन बालिका बलात्कारको आरोपमा क्व्होलासोंथर गाउँपालिका–३ बगुमका ४३ वर्षीय नन्दमान गुरुङलाई प्रहरीले पक्राउ गरेको छ ।
गुरुङले ११/११ वर्षीय २ जना र ९ वर्षीया एक बालिकालाई कोही नबस्ने गरेको एक घरमा लगेर बलात्कार गरेको अभियोगमा प्रहरीले शुक्रबार पक्राउ गरेको हाे ।यस अघि पनि ती बालिकामाथि पटकपटक बलात्कार गर्ने गरेको र परिवारमा बालिकाले शुक्रबार मात्र जानकारी गराएपछि थाहा भएको प्रहरीले जनाएको छ ।
एघार र नौ वर्षकी बालिका एउटै परिवारको रहेको प्रहरीले जनाएको छ । घटनाकाे बारेमा थप अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।