Aafno Khabar
Creative Ideas

पाकिस्तानमा डेटिङ एपमा प्रतिबन्ध

  • एजेन्सी
  • २०७७ भाद्र २० गते प्रकाशित

काठमाडौं । पाकिस्तान सरकारले डेटिङ एपमाथि प्रतिबन्ध लगाएको छ । यस्ता एपहरु अनैतिक भएकाे भनी प्रतिबन्ध गर्ने निर्णय गरेको हो ।

प्रतिबन्ध लगाइएका एपहरुमा टिन्डर, ग्रिन्डर, ट्याग्ड, स्काउट र से–ही रहेकाे सीएनएनले उल्लेख गरेकाे छ । यी एपमाथि प्रतिबन्ध गरिएको पाकिस्तान दूरसञ्चार प्राधिकरण (पीटीए) ले जनाएकाे छ ।

पाकिस्तानमा वैवाहिक सम्बन्धभन्दा बाहिरको सम्बन्ध र समलैङ्गिक सम्बन्ध गैरकानूनी मानिन्छ ।

त्यसैले पनि यस्ता एपमाथि प्रतिबन्ध लगाउने निर्णय गरिएको हो । समाजमा नकारात्मक असर पार्ने एपलाई नैतिक र कानूनी दायरामा ल्याउनुपर्ने भएकाले यो निर्णय गरिएको पीटीएका प्रवक्ताले बताएका छन् ।