Aafno Khabar

बलात्कार अभियाेगमा तीन जना पक्राउ

  • आफ्नो खबर
  • September 3, 2020 प्रकाशित

प्रतिकात्मक तस्बिर ।

काठमाडौं । १९ वर्षीया किशोरी जबरजस्ती करणी गरेको अभियोगमा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काठमाडौं चन्द्रागिरी नगरपालिका-३ बस्ने मुगु सोरु गाउँपालिका-१० घर भएका २८ वर्षीय लोकेन्द्रबहादुर मल्ल र मुगु खत्याड गाउँपालिका-१० घर भएका २३ वर्षीय रतनबहादुर शाही रहेका छन् ।

ती किशोरी २ जनाले मंगलबार जबरजस्ती करणी गरी फरार भएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरीले लुकीछिपी बसेको अवस्थामा फेला पारी बुधबार पक्राउ गरेको हो ।

यस्तै, सुनसरीमा १५ वर्षीया बालिका बलात्कारकाे अभियाेगमा एक जना पक्राउ परेका छन् । बलात्कार अभियाेगमा धरान उपमहानगरपालिका-८ बस्ने सुवास भन्ने ३६ वर्षीय भोज कुमार लिम्बू पक्राउ परेको प्रहरीले जनाएकाे छ ।