Chinese Foreign Ministry spokeswoman Hua Chunying. (Kyodo)
चीन । भारतसँगको सीमा कुनै पनि भारतीय सैनिकको मृत्यु नभएको चीनले दाबी गरेको छ ।
समाचार एजेन्सी रोयटर्सका अनुसार चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता हुआ चुन्यिङले पत्रकार सम्मेलनमा भारतीय सैनिक नमारिएकाे बताएकी हुन् ।
लद्दाखको दक्षिणी प्याङ्गोङको विवादीत क्षेत्रमा चिनियाँ सैनिकसँग भएको झडपमा एक जना भारतीय सैनिक मारिएको मिडिया रिपोर्ट आएको थियो ।
गत आइतबार राति चीन र भारत सीमाकाे लद्दाखमा २ देशबीच झडप भएकाे थियाे ।
यसअघि गत ५ जुनमा लद्दाखको गलवानमा भारतीय र चिनियाँ सैनिकबीच हिंस्रक झडप भएको थियो । यसमा भारतका २० जना सैनिक मारिएका थिए ।