Aafno Khabar

सल्यानमा बालबिबाह : बेहुला बेहुली र पुराेहितसहित ५ जना पक्राउ

  • आफ्नो खबर
  • September 1, 2020 प्रकाशित

सल्यान । सल्यानमा प्रहरीले बालविवाह गराउन खोज्ने पाँच जनालाई पक्राउ गरेको छ ।

जिल्लाको बागचौर नगरपालिका ८ मा उमेर नपुगेकी १८ वर्षीया बेहुलाबेहुली सहित पाँच जना पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार पक्राउ पर्नेमा बेहुला बेहुली बेहुलाका बुबा आमा र पुराेहित भएकाे बताइएकाे छ ।

बालविवाह भइरहेकाे भन्ने सूचनाकाे सूचनाको आधारमा घटनास्थलमा पुगेको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको सल्यान प्रहरी प्रमुख ढकेन्द्र खतिवडाले बताउनुभयो । पक्राउ परेकाहरु विरुद्ध सोमवार म्याथ थप गरि अनुसन्धान भइरहेको डिएसपी खतिवडाले जानकारी दिनुभयाे ।