डाेटी । डाेटीमा मंगलबार दिउँसाे भूकम्प गएकाे छ । जिल्लाको केआइसिंह गाउँपालिका–१ तिखातर केन्द्रविन्दु भएर भूकम्प गएको हाे ।
भूकम्प मापन केन्द्र सुर्खेतले दिएको जानकारी अनुसार दिउँसो १ बजेर ६ मिनेटमा तिखातर केन्द्रविन्दु बनाएर ३.८ रेक्टर स्केलको भूकम्प गएको हो ।
भूकम्पले डोटीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न स्थानमा धक्का महशुस गरिएकाे थियाे ।