कैलाली । महिला बलात्कारकाे अभियाेगमा कैलालीमा एक जना पक्राउ परेका छन् । २३ वर्षीया महिला बलात्कारकाे अभियोगमा धनगढी उपमहानगरपलिका-७ बस्ने २८ वर्षीय श्रीराम चौधरी पक्राउ परेका हुन् ।
गत असार २४ गते चौधरीले ती महिला बलात्कार गरेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले आइतबार पक्राउ गरेकाे हाे । चाैधरी आफ्नै घरमा लुकिछिपी बसेको अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।
घटनाकाे सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।